छुटेका दुई सांसदले लिए अध्यक्ष राणाबाट शपथ

Safat

काठमाडौं । बिहीबार प्रतिनिधि सभा सदस्य पदको सपथ लिन छुटेका २ सांसदले शपथ लिएका छन् । संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाबाट नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादव र माओवादी केन्द्रका सांसद रामकुमार राईले सपथ लिएका हुन् । यादव माओवादीको चिन्ह हँसिय हथौडाबाट चुनाव लडेका थिए ।

सचिवालयमा रहेको मानव अधिकार समितिको हलमा शपथ गराइएको हो । यादवको नागरिकतामा रहेको उमेरसम्बन्धी समस्याका कारण बिहिबार उनले सपथ लिएका थिएनन् भने माओवादीका सांसद राई प्लेन उडानमा ढिलाई भएका कारण सपथका लागि छुटेका थिए ।

यस्तै एकीकृत समाजवादीका नेता प्रेम आले र कांग्रेस सांसद माया राई पारिवारिक कारणबाट शपथ लिन छुटेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...