एमालेका थापालाई ५४३७ मतान्तरले पराजित गर्दै बाजुरामा कांग्रेसका बद्री पाण्डे निर्वाचित

Badri pandey

बाजुरा । लामो समयको प्रतिक्षापछि बाजुराबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी आज बिहान ३१ हजार ७८६ मत सहित निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् । राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।

यसअघि ०७४ को चुनावमा बाजुराबाट वाम गठबन्धनको साझा उम्मेदवार बनेर नेकपा एमालेका लालबहादुर थापा संघीय सांसदमा निर्वाचित भएका थिए ।

प्रदेश सभातर्फ क्षेत्र नं।.१ (१) बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही र प्रदेश सभा २ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् ।

बाजुरा प्रतिनिधिसभाको नतिजा सार्वजनिक भएसँगै १६५ क्षेत्रमध्ये १६४ सिटको परिणाम आइसकेको छ । अब दोलखाको मात्रै अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...