एकीकृत समाजवादीले भन्यो, ‘माओवादी केन्द्रसँगको एकताको हल्ला पूर्णतः निराधार हो’

Cpn us bilding

काठमाडौं । निर्वाचन लगत्तै पार्टी एकता गर्ने बताउँदै आएका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच तत्काल पार्टी एकता नहुने भएको छ । माओवादी केन्द्रसँग एकताको प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेसँगै पार्टी एकता तत्काल नहुने देखिएको छ ।

पार्टीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ती जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका छन् । दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै महासचिव भुसालले भनेका छन्, ‘यो पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन ।’

महासचिव भुसालले माओवादी केन्द्रसँग पार्टी एकताबारे छलफल, वार्ता वा संवाद केही पनि प्रयास नभएको बताएका छन् । पार्टी एकताको प्रचार गरेर भ्रम फैल्याउन खोजिएको भुसालको आरोप छ ।

‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा संवाद केही पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...