मतदान हुन बाँकी स्थानमा एकीकृत समाजवादीलाई भोट हाल्न माओवादी नेता शर्माको अपिल

Himal sharma

काठमाडौं । सत्ता घटक दल नेकपा (एकीकृत समाजवादी) ले मंशिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा थ्रेस होल्ड कटाउन मुस्किल परेपछि नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले मतदान हुन बाँकी केन्द्रमा एकीकृत समाजवादीलाई समानुपातिकमा भोट हाल्न अपिल गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता शर्माले मतदान हुन बाँकी रहेका मतदान केन्द्रहरुमा समानुपातिक तर्फ एकीकृत समाजवादीको चुनाव कलममा भोट हालेर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्न गठबन्धनलाई सुझाव दिएका छन् ।
उनले गठबन्धनको बहुमत नपुग्ने अवस्था आएकोप्रति मध्यनजर गर्दै बाँकी गणनामा तीन प्रतिशत पुगोस् भनेर कामना गरौँ, अपुग भए समाजवादीलाई समानुपातिकमा भोट बढाउन सहयोग गर्नु नै उत्तम विकल्प हुने सुझाव दिए ।

उनले लेखेका छन्, ‘पहिलो कुरा अबको बाँकी गणनामा आफैँ तीन प्रतिशत पुगोस् कामना गरौँ ! थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फ कलम चिह्नमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौँ !’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...