समाजवादीका सम्मानित नेता खनालले भने, आफूलाई हराउन व्यापक धाँधली गरियो

Jhalanath khanal

इलाम । मत गणनाको अन्तिम चरणमा पुगेको बेला नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार अन्तिम आफूलाई हराउन व्यापक धाँधली भएको दाबी गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीसमेत आफूलाई हराउन लागिपरेको भन्दै त्यसका लागि कर्मचारी लगायतसँग सेटिङ गर्ने काम भएको खनालको दाबी छ । उनले आफूलाई हराउन ८ करोड भन्दा बढी पैसा बाँडिएको कुरा आइरहेको पनि बताए । उनले ओलीसहित देशी विदेशी शक्ति आफ्नो राष्ट्रवादी अडानबाट चोट पाएर हराउन मैदानमा आएको उनको आरोप छ ।

उनले असहमितका बीच जारी मतगणनामा आफ्नो प्रतिनिधिको उपस्थिति रहेको तर कुनै पनि प्रक्रियामा स्वीकृति, सहमति वा हस्ताक्षर भने नगरेको बताए । ‘क्षेत्र नम्बर १ को पुनः मतदान हुनुपर्छ । आज फेरि ६ वटा बाकसको गनियो । ६ वटा मुचुल्कामा रहेको मत भन्दा २६६ मत बढी देखिएको छ । यस्तो भएपछि फेरि एउटा निवेदन दिँदैछौँ । यो चाहिँ हामी मान्दैनौँ । कसले गर्यो यहाँ भन्दा माथिदेखि कर्मचारीसम्मै सेटिङ भएको छ ।’

इलाम १ को जारी मतगणनामा पछि परेका खनालले बाक्सामा रहेको झन्डै ५ सय मत गायब पारिएको तथा मुचुल्कामा रहेको भन्दा २६६ मत बढी देखिएको पनि बताए । उनले इलाम १ मा पुनः निर्वाचन गर्नुपर्ने आफूहरूको माग गरेको बताए । तर, त्यो मागलाई सम्बोधन नगरिएको खनालको गुनासो छ ।

‘झन्डै ५ सय मत गायव भयो । ५ सय मत गायक भइसकेपछि यो के हो भनेर हामीले प्रश्न उठायौँ’, शुक्रबारको विवादबारे उनले भने, ‘यहाँभित्र षड्यन्त्रहरु धेरै छन् । यो भनेको धाँधली हो । यस्तो धाँधलीपूर्ण निर्वाचन हामी मान्दैनौँ ।’

‘यो कुरा माथि प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयासँग पनि गरेका छौँ । तर, हामीले नमान्दा नमान्दै पनि गणना कन्टिन्यु गर्न भनेर माथिबाट निर्देशन आएछ’, उनले रातोपाटीसँग कुरा गर्दै शनिबार भने, ‘यसपछि हामीले के निर्णय गर्यौँ भने यो ढंगको मतगणनालाई कन्टिन्यु गर्ने कुरामा सहमति छैन ।’

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...