निर्वाचित हुनेजति पुरुष : महिलाको संख्या ७ पुग्यो, दलित शुन्य
काठमाडौं । अहिलेको संविधानले समावेशीकरणको परिकल्पना गरेको छ । तर, आइतबार सम्पन्न प्रतिनिधि तथा पञ्देश सभाको निर्वाचनमा निर्वाचित जति सबै पुरुष अनुहार छन् । अहिलेसम्म ७ जना महिलाले निर्वाचन जितेका छन् भने दलितको प्रतिनिधित्व शुन्य छ ।
प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको १६५ सिटका लागि भएको निर्वाचनबाट अहिलेसम्म ७ जना मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । परिणाम आउन बाँकी क्षेत्रमा २ जना महिला उम्मेदवार अग्रस्थानमा छन् ।
४२ सिट जितेको नेपाली कांग्रेसबाट प्रत्यक्षमा एक जना पनि निर्वाचित भएका छैनन् र एक जनाले पनि अग्रता लिएका छैनन् । राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टीले १–१ सिट जितेकामा पुरुष मात्रै छन् । स्वतन्त्र उम्मेदवार निर्वाचित भएका ५ जनामा सबै पुरुष छन् ।
३१ सिट जितेको एमालेबाट ३ जना महिला निर्वाचित भएका छन् । धनुषा–३ बाट जुलीकुमारी महतो, बारा–३ बाट ज्वालाकुमारी साह र कास्की–२ बाट विद्या भट्टराई निर्वाचित भएका छन् । मतगणना भइरहेको क्षेत्रमध्ये सुनसरी–३ बाट भगवती चौधरीले अग्रता लिएकी छन् ।
१२ सिट जितेको माओवादी केन्द्रबाट दाङ–२ बाट निर्वाचित रेखा शर्मा मात्रै महिला हुन् । मतगणना चलिरहेको ६ सिटमा अग्रता लिएका लिएको माओवादीको बाँकी सिटमा महिला उम्मेदवार छैनन् । १० सिट जितेको एकीकृत समाजवादीमा सबै पुरुष निर्वाचित भए ।
८ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीमा काठमाडौं–२ बाट सोविता गौतम र ललितपुर–३ बाट तोसिमा कार्की गरी दुई महिला निर्वाचित भए । मतगणना भइरहेको क्षेत्रमा सुनसरी–१ का रास्वपाकी गोमा तामाङले अग्रता लिएकी छन् ।
राप्रपाका निर्वाचित ५ जना र अग्रता लिएका २ गरी ७ वटै क्षेत्रमा पुरुष उम्मेदवार छन् । जनता समाजवादी पार्टीले जितेको ३ र अग्रता लिएको ३ स्थानमा सबै पुरुष छन् । लोकतान्त्रिक समाजवादी पार्टीले जितेको ३ स्थानमा पनि पुरुष उम्मेदवार निर्वाचित भए । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित २ जना र अग्रता लिएका एक जना ३ जनामा कैलाली–१ बाट रञ्जिता श्रेष्ठ निर्वाचित भइन् ।
दलितको हकमा अहिलेसम्म नेकपा एमालेबाट छविलाल विश्वकर्माले अग्रता बनाएका छन् । उनी मात्रै प्रतिनिधि सभामा प्रवेश गर्न पाउने देखिएको छ ।
प्रतिकृया दिनुहोस