ओलीले प्रचण्डलाई भने, ‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं’

Oli prachanda

काठमाडौं । लामो समयपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन सम्बाद भएको छ ।

सो टेलिफोन वार्तामा ओलीले पुरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे कुरा गरेका थिए । चुनाव जितेपछि बधाई दिने बहानामा ओलीले गरेको टेलिफोन वार्तामा आगामी दिनमा सहकार्यका लागि आग्रहसमेत गरे ।

‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’

दाहालको सचिवालयले ले टेलिफोन संवाद भएको पुष्टि गरे । दाहालको सचिवालयले अध्यक्ष ओलीको चासो आगामी दिनका कसरी जाने भन्ने विषयमा रहेको बताएको छ । बिहीबार ओलीले झापा पुगेर देशमा नयाँ राजनीतिक शक्तिको उदय भनेर प्रोपागान्डा मच्चाइएको भन्दै असन्तुष्टि जनाएका थिए ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई पार्टीका अध्यक्षहरुबीच सौहार्द्ध टेलिफोन वार्ता भएको पुष्टि गरे । ‘ओलीले फोन गर्नुभयो, मिलेर केही गरौं भन्ने कुरा भएको छ, तर के गर्ने भन्ने स्पष्ट छैन,’ उनले भने, ‘एमालेका अरु पनि शीर्ष नेताले अध्यक्षलाई फोन गरिराख्नु भएको छ ।’

नेकपाको विभाजनपछि दुवै नेताहरु तिक्कतापूर्ण सम्बन्ध रहँदै आएको थियो । २०७७ माघमा नेकपा विभाजन भएपछि अमेरिकाको मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा संसद्मा विवाद भएको समयमा दुवै नेताबीच भेटघाट भएको थियो । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र देउवाले अध्यक्ष दाहाललाई टेलिफोन गरेर बधाई दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...