कैलाली-४ मा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकियो
धनगढी । कैलाली-४ मा मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको छ ।
गोदावरी नगरपालिका-११ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकिएको निर्वाचन अधिकृत इन्द्र कठायतले जानकारी दिए ।
कठायतले अहिले गणना रोकेर राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको बताए ।
यहाँ नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट र कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रतिकृया दिनुहोस