मतपत्र साटिएपछि तेह्रथुमको आङ्दिम ‘ख’ मा पुनः मतदान हुने

Tehrathum matdan 5

म्याङ्लुङ । तेह्रथुमको छथरँ गाउँपालिका वडा नं. १ को आङ्दिम ‘ख’ केन्द्रमा पुनः मतदान हुने भएको छ ।

सो केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र साटिएपछि मंगलबार पुनः मतदान हुने भएको हो । यो केन्द्रमा पुनः मतदान हुने भएपछि मत गणना कार्य स्थगित भएको छ ।

सो केन्द्रमा ८४४ मतदाता थिए । त्यसमध्ये आइतबार ४५६ जनाले मतदान गरेका थिए । मतदान केन्द्रको मुचुल्काका आधारमा यहाँ ४३ जनाले दोहोरो मतदान गरेको पाइएपछि पुनः मतदान हुने भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि मंगलबार पुनः मतदान गराउने निर्णय भएको निर्वाचन आयोगसँग अनुरोध गरिएको मुख्य निर्वाचन अधिकृत प्रेमश पोखरेलले बताए ।

सो मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्ष तर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएपछि विवाद भएको थियो ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तेह्रथुममा ५८ दशमलव ३ प्रतिशत मत खसेको थियो । तेह्रथुममा ७१ हजार ९ सय ३३ मतदाता छन् । तेह्रथुममा ५६ स्थायी र १ अस्थायी गरी जम्मा ५७ मतदान स्थल र ९३ स्थायी र १ अस्थायी केन्द्र गरी ९४ मतदान केन्द्र छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...