सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, भएको सहमति आजै सार्वजनिक गरिने

Satta gathbandhan seat badfad karyada

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलले शीर्ष नेतृत्वलाई बुझाउने सहमतिको खाका आज तयार गर्दैछ ।

१६५ निर्वाचन क्षेत्रमध्ये कुन दललाई कति सिट र कुन निर्वाचन क्षेत्र भन्नेबारेमा भएको सहमतिलाई लिपिवद्ध गरेर आजै सार्वजनिक गर्ने तयारी भएको छ । मंगलबार साँझ ६ बजेदेखि बसेको बैठकमा लामो छलफल भएपनि सहमति भने हुन सकेको थिएन् ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति जुटेको जनाइए पनि आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

साँझ ५ बजे बस्ने कार्यदल बैठकले प्रतिवदेन तयार गरि शीर्ष नेतृत्वलाई बुझाउने र सहमति सार्वजनिक गरिने नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...