नेपालमा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि, ५६ जना संक्रमणमुक्त

Corona sankraman

काठमाडौं । पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५६२ पीसीआर परीक्षणमा ३४० जना र एक हजार ४१९ एन्टिजेन परीक्षणमा ५१ जना गरी ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या दुई हजार २७६ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मानवीय क्षति भएको छैन ।

सक्रिय संक्रमितमध्ये दुई हजार १४३ जना होम आइसोलेसनमा छन् भने १३३ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २१ जना आईसीयूमा छन् । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा ११ हजार ९५४ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको सिधुँवामा नवसाक्षरता कार्यक्रम प्रभावकारी बन्दै, अक्षर चिन्न छेकेन बुढ्यौलीले

Sidhuwa proaudh sikshya

धनकुटा । पढ्नलाई न उमेरले छेक्छ, न परिस्थितीले नै । अहिले धनकुटा छथरजोरपाटी गाउँपालिकाको सिधुवामा...