कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बैठक सुरु हुनेछ । आजको बैठकमा पार्टीका शीर्ष नेता एवम् पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ ।
यसअघि बैठकमा पार्टी र समसामयिक राजनीतिका विषयमा पार्टी केन्द्रीय सदस्यहरूले आफ्ना भनाइ राखेका थिए । गत बिहीबारको बैठकमा केन्द्रीय सदस्यले भनाइ राख्ने क्रम सकिएपछि आज पदाधिकारीले धारणा राख्ने भएका हुन् ।
केन्द्रीय सदस्यहरूले लोकप्रिय हुने पार्टीको आलोचना गरेको र गुटको बैठकमा सहभागी भएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका थिए । साथै उनीहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कामकारबाहीबारे पनि प्रश्न उठाएका छन् ।
पदाधिकारीले आजदेखि केन्द्रीय सदस्यले उठाएका यिनै विषयमाथि धारणा राख्नेछन् । कांग्रेसमा सभापति,उपसभापति,महामन्त्री र सह-महामन्त्री गरी १४ जना पदाधिकारी रहेका छन् । जसमध्ये कोषाध्यक्ष भने सभापति शेरबहादुर देउवाले हालसम्म मनोनीत गरेका छैनन् ।
प्रतिकृया दिनुहोस