सरकार एकलौटी ढंगले अगाडि बढ्यो : केपी शर्मा ओली

Kp oli 30

असार ७ : पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार संवादहीनताको स्थिति बनेको बताएका छन्। मंगलबार परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँग भएको अन्तर्क्रियामा ओलीले प्रधानमन्त्री विदेश भ्रमणमा जानु अगाडि प्रतिपक्ष र विज्ञसँग परामर्श गर्ने चलन भएपनि देउवा सरकारले नगरेको धारणा राखेका हुन्।

ओलीले बाह्य राष्ट्रसँगको सम्बन्धको सञ्चालन राष्ट्रिय हितमा रहेर केन्द्रित हुन्छ भन्ने ठान्नुपर्ने बताए। उनले परराष्ट्र नीतिको सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक हुने बताए। प्रणालीगत मतभेद भएको बाह्य नीतिको सम्बन्धमा पनि मतभेद हुने टिप्पणी गरे।

विकासको चरणको प्रवेश गरिसकेपछि राष्ट्रिय शक्ति सहमतिका साथ अगाडि बढ्नुपर्ने उनको भनाई छ। उनले निषेध गर्ने नीति भनेको उही पूरानै नीति भएको धारणा राखे। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा

Dkt ban dadelo

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...