भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहालको पहिलो तीन निर्णय

७ हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउनेदेखी छोरीलाई निःशुल्क बीमा गरिनेसम्म

Renu dahal 1

भरतपुर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहलले भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गर्ने निर्णय गरेकी हुन्। बुधबार बिहान पदभार ग्रहण गर्दै दाहालले सो निर्णय गरेकी हुन्। साथै, उनले भरतपुर महानगरमा जन्मिने छोरीलाई निःशुल्क बीमा गरिने निर्णय पनि गरेकी छिन्। 

यो बीमा सरकारी अस्पतालमा जन्मिएका छोरीहरुका लागि मात्र लागू हुनेछ। पदभार ग्रहण गर्दै छोरीलाई गरिने बीमा एक लाखको हुने र अवधि १५ वर्ष हुने उनले बताइन्। साथै, उनले महानगरपालिकाभित्र पर्ने चौकी डाँडादेखि गोलाघाटसम्म २ वर्षभित्र खानेपानी पुर्‍याउने निर्णय गरेकी छिन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...