साढे १२ हजार मतान्तरले भरतपुरमा रेनु दाहाल विजयी, उपप्रमुखमा चित्रसेन अधिकारी

Renu dahal chitrasen adhikari

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मत गणना सकिएको छ । भरतपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छन् । नेकपा एमालेका विजय सुवेदीलाइ साढे १२ हजार मतान्तरले पराजित गर्दै रेनु विजयी बनेकी हुन् ।

रेनुले ५२ हजार ३० मत ल्याइन् । विजयले ३९ हजार ५ सय ८१ मत पाए । रेनु गठबन्धनबाट साझा उम्मेदवार थिइन् । विजय एमाले-राप्रपा बीचको गठबन्धनका उम्मेदवार थिए ।

दोस्रोपटकमा भने रेनु १२ हजार बढीको फराकिलो मतान्तर राख्न सफल भइन् । रेनुका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याए । पौडेल नेपाली कांग्रेसका नेतासमेत हुन् ।

रेनु भरतपुर महानगरको निवर्तमान प्रमुखसमेत हुन् । २०७४ मा भएको निर्वाचनमा उनले एमालेकै देवी ज्ञवालीलाई जम्मा २ सय ३ मतान्तरले मात्रै हराएकी थिइन् ।

यस्तै उपप्रमुखमा पनि गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । अधिकारीले २२ हजार ४ सयको फराकिलो अन्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका हुन् । अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउदा गुरुङले ३० हजार ६ सय १२ मत पाइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...