भरतपुर महानगरमा रेनु दाहाल विजय सुवेदी भन्दा ८ हजार बढी मतले अगाडि

Renu dahal

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रतालाई कायमै राखेकी छन् । ९५ हजार ३११ मत गणना हुँदा दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा ८,१५४ मतले अगाडि छिन् । दाहालले ३७ हजार ४६८ मत ल्याउँदा सुवेदीले २९ हजार ३१४ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार ६३९ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की हिमला गुरुङभन्दा अधिकारी १६४२७ मतले अगाडि छन् । गुरुङले २३ हजार २१२ मत ल्याइकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...