भरतपुर महानगरमा रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै, एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार बढी मतले अगाडि

Renu dahal 1

चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन्। बिहीबार बिहानसम्मको मतगणनामा रेनु एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार १ मतले अघि छिन्।

३८ हजार ८६४ मत गणना हुँदा रेनुले १४ हजार ७६६ मत पाएकी छन्। एमालेका सुवेदीले ११ हजार ७६५ मत प्राप्त गरेका छन्। रेनु विरुद्ध कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन्।

उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९६ मतका साथ अग्रता कायम राखेका छन्। राप्रपाकी हिमला गुरुङले ९ हजार ५०१ मत प्राप्त गरेकी छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...