सत्ता गठबन्धनले आज बुटवलमा चुनावी सभा गर्दै, सभालाई कांग्रेस सभापति देउवा लगायतले सम्बोधन गर्ने

Satta gathabandha

काठमाडौँ । सत्ता गठबन्धनले आज शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ । बुटवल–११ देवीनगरस्थित चौपारीमा शनिबार बिहान १० बजे गठबन्धनले चुनावी सभा गर्ने भएको हो ।

सो सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको एक नेताले बताएका छन् । चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाण लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...