आचारसंहिता उल्लङ्घन गरेपछि बत्तीस दललाई स्पष्टीकरण

Election commision pic

काठमाडौँ ।  निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै विभिन्न दललाई स्पष्टीकरण सोधेको छ । आयोगले नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने जवाफ मागेको छ । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम नघटेको जनाएको छ ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग जवाफ मागिएको जानकारी दिनुभयो । उहाँले पाँच जनाको जवाफ अझै नआएको बताउनुभयो ।

निर्वाचन आचारसंहितामा १८ वर्ष उमेर नपुगेका बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न नहुने व्यवस्था छ । आयोगले आचारसंहिता जारी गरेको दुई दिन नबित्दै उल्लङ्घनको घटनामा नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दल तथा गण्डकी प्रदेशका सभामुखलाई चित्तबुझ्दो जवाफ बुझाउन निर्देशन दिएको थियो । सबैले छुट्टाछुट्टै जवाफ पठाएपछि आयोगले सचेत गराउने निर्णय गरेको थियो । निर्वाचन आयोगले चैत २५ गतेदेखि आचारसंहिता लागू गरेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...