निर्वाचनको लागि एमालेको घोषणापत्र : धरहरा र तुइन विस्थापनमा खुसी (पूर्णपाठसहित)

Kp oliiiiii

काठमाडौँ । नेकपा (एमाले) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए ।

घोषणापत्रमा पार्टीले विगतमा गरेका जनपक्षीय काम कारबाहीका साथै आगामी दिनका योजना सविस्तार व्याख्या गरिएको छ । यस्तै एमालेले घोषणापत्रमा धरहराको निर्माणदेखि रेल र पानीजहाजसम्मको तस्बिर प्रस्तुत गरेर आफू सरकारमा हुँदा गरेको जस लिन खोजेको छ । आजै एमालेका सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

‘प्रतिनिधिसभा विघटन र संसद विघटन स्वभाविक प्रक्रियामा थियो । तर त्यसलाई २०७८ असार २८ को परमादेश जनादेशलाई ठाडो चुनौती र निकृष्ट काम हो’ घोषणापत्र मस्यौदा समितिका संयोजक समेत रहेका ईश्वर पोखरेलले भने, ‘मुलुकलाई प्रतिगमनमा लैजाने काम भयो । आपराधिक प्रयत्न थियो । अदालतमा मजाक विषयमा । अविश्वनीय बन्दै गएको छ ।’

घोषणापत्रको पूर्णपाठ हेर्नुहोस्ः


 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...