बझाङमा सत्ता गठबन्धबीच मिल्यो भागबन्डा, बझाङमा कांग्रेस हावी

Gathabandha chinha

बझाङ । बझाङमा आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले भागबन्डा टुंग्याएका छन् ।
बुधबार बसेको जिल्लाको सत्ता गठबन्धन बैठकले १२ स्थानीय तहमध्ये ७ नेपाली कांग्रेसलाई, ३ नेकपा एकीकृत समाजवादी र २ स्थानीय तह नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेको हो ।

नेपाली कांग्रेसको भागमा २ नगरपालिकासहित ५ गाउँपालिका परेका छन्। जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, साइपाल गाउँपालिका मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका कांग्रेसले पाएको छ ।

यस्तै, एकीकृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका पाएको छ । माओवादी केन्द्रले भने दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ । यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसले ६, समाजवादीले २ र माओवादी केन्द्रले ४ पाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...