कांग्रेस केन्द्रिय सदस्यमा पुरानै पुस्ताको हावी, युवा पछिपछि आउँदै (पछिल्लो मत परिणामसहित)

Congress matganana

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना शनिबार भइरहेको छ । पार्टी कार्यालय सानेपामा बिहानदेखि शुरु भएको मतगणनामा निर्वाचन समितिले हालसम्म मतपरिणाम सार्वजनिक गरेको छैन ।

नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत ३५ जना खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक गरिएको छ ।

अहिलेसम्मको मतपरिणामले खुला केन्द्रीय सदस्यमा मिक्स नतिजा आउने संकेत गरेको छ । सबैभन्दा धेरै मत दुबै प्यानलमा परेका निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पाएका छन् । उनले ८१४ मत पाएका छन् ।

चर्चित युवाहरु जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले लगायतले अग्रता बनाइरहेका छन् । ९८८ मत गणना हुँदा देउवा प्यानलमा रहेका धेरै उम्मेदवारहरुले अग्रता बनाइरहेका छन् । कोइराला प्यानलमा रहेका पुराना नेताहरुले पनि अग्रता बनाइरहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...