यी हुन् नेपाली कांग्रेसमा १३४ पदमा ५४८ उम्मेदवार, प्रथम नामावली प्रकाशित (सूचीसहित)

Congress 6

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा पुग्नका लागि ५ सय ४८ जना चुनावी मैदानमा उत्रिएका छन् । सभापतिदेखि केन्द्रीय सदस्यसम्म १ सय ३४ पदका लागि उनीहरूले शनिबार मनोनयन दर्ता गरेका हुन् ।

कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र १ सय २१ सदस्यका लागि सोमबार निर्वाचन हुँदै छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दिएका छन्  ।

वर्तमान सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा। शेखर कोइरालाले पूरै प्यानलसहित उम्मेदवारी दिएका छन् । देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग समीकरण गरेका छन् । उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति प्रकाशमान सिंहले आंशिक टिम बनाएका छन् । केन्द्रीय सदस्य कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । जसअनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ ।

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।

दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । देउवा–सिटौला प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का तथा महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा मीनेन्द्र रिजाल र गगन थापाले दाबेदारी पेस गरेका छन् ।

सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मा उम्मेदवार छन् । अन्य पदाधिकारीको नाम सार्वजनिक गरिएको छैन । उपसभापतिमा महेश आचार्य र दिव्यश्वरी शाहले पनि उम्मेदवारी दिएका छन् । आचार्यले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

देउवा–सिटौला प्यानलबाट सहमहामन्त्रीमा किशोरसिंह राठोर (खस–आर्य), महालक्ष्मी (डिना) उपाध्याय (महिला), मानबहादुर विश्वकर्मा (दलित), भीष्मराज आङ्देम्बे (आदिवासी–जनजाति), महेन्द्र यादव (मधेसी), फरमुल्लाह मन्सुर (मुस्लिम), उमाकान्त चौधरी (थारू), जीवनबहादुर शाही (पिछडिएको क्षेत्र) ले उम्मेदवारी दिएका छन् ।

कोइराला प्यानलबाट देवराज चालिसे (खस–आर्य), कमला पन्त (महिला), जीवन परियार (दलित), विकास लामा (आदिवासी–जनजाति), रामकृष्ण यादव (मधेसी), वकिल मियाँ (मुस्लिम), तेजुलाल चौधरी (थारू), बद्री पाण्डे (पिछडिएको क्षेत्र) ले उम्मेदवारी दिएका छन् । सिंह र निधि प्यानलबाट सहमहामन्त्रीमा उम्मेदवारी दिनेको नाम खुलेको छैन  ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...