प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने, सभापतिको दौडबाट बाहिरिए पौडेल

Prakash man shing

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौँमा एक समारोहबीच उनले उपसभापति सुजाता कोइरालासहितको प्यानल नै घोषणा गरेका हुन् । सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन् । अहिले पनि कार्यक्रम जारी छ ।

यता, प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराउने तयारी गरेपछि रामचन्द्र पौडेल पछि हटेका छन् । संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सहमतिको आलोचना गरेका छन् । शनिबार केन्द्रीय कार्यसमितिको सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले सत्तामा बसिरहने मनोविज्ञानबाट सभापति देउवाले माओवादीसँग सहमति गरेको आरोप लगाएका हुन् ।

यस्तो छ प्रकाशमान सिंहको उम्मेदवारी घोषणापत्र

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...