यी हुन् नेकपा एमालेका १९ पदाधिकारी, जो ओलीको रोजाईमा परे

Kp oli chitwan

चितवन । नेकपा एमालेका अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् । साथै केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् ।

चितवनमा जारी १० औं महाधिवेशनको बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल रोजेका छन् ।

त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङलाई उपाध्यक्ष बनाएका छन् ।

हेर्नुहोस् सूची

अध्यक्ष

केपी शर्मा ओलि

वरिष्ठ उपाध्यक्ष

ईश्वर पोखरेल

उपाध्यक्ष

युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
सुरेन्द्र पाण्डे
रामबहादुर थापा बादल
विष्णु पौडेल
सुवास नेम्वाङ

महासचिव
शंकर पोखरेल

उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल

सचिव
टोपबहादुर रायमाझी
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
लेखराज भट्ट
योगेश भट्टराई
गोकर्ण विष्ट
पद्मा अर्याल

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...