एमाले महाधिवेशन निर्वाचनमा ८ बुँदे आचारसंहिता : मद्यपान गरेर प्रचार गरे उम्मेदवारी रद्द !

Uml mahadibesan 3

चितवन । नेकपा एमालेको चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रका लागि निर्वाचन समितिले ८ बुँदे आचारसंहिता तयार गरेको छ । ९ गते बसेको बैठकले नै निर्वाचन आचारसंहिता जारी गरेको निर्वाचन समितिका अध्यक्ष विजय सुब्बाले बताए ।

आचारसंहितामा पार्टीको विधानविपरीत उम्मेदवारले प्रचारप्रसार गर्ने नपाउने उल्लेख छ । प्रचारप्रसारका लागि ४ इन्चसम्मको प्रचार सामग्री तयार गर्न पाइने जनाइएको छ ।

एमालेको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको आचार संहितामा उम्मेदवारहरुले मतदातालाई प्रभावित गर्ने गरी भोजभतेर आयोजना गर्नका लागि निषेध गरिएको छ ।

त्यसैगरी मादक पदार्थ सेवन गरेर प्रचार गर्नसमेत निषेध गरिएको छ । आयोगले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्नेसम्मको व्यवस्था रहेको छ ।

बन्दसत्र अवधिमा कसैले छुट्टै भेला गर्नसमेत बन्देज लगाइएको छ । त्यस्तै भोजभतेर गर्न नदिने र मादक पदर्थ सेवन गरेर प्रचार गर्न नपाइने भएको छ । समूहगत रुपमा उम्मेदवारी लेखिएका वा छापिएका सामग्री हेरेर मतदान गर्ने नपाइने भएको छ ।

“निर्वाचन आयोगले दिएको निर्देशन पालना नगर्ने व्यक्तिलाई सचेत गराउने, निर्वाचन स्थलबाट हटाउने, निर्वाचनमा उम्मेदवारी वा मतदाताको सूचीबाट नाम हटाउने वा रद्द गर्नेसम्मको कारबाही केन्द्रीय निर्वाचन आयोगले गर्न सक्ने छ,” आचारसंहितामा भनिएको छ ।

मतदानस्थल र मत गणनास्थलमा केन्द्रीय निर्वाचन आयोगले अनुमति दिएका व्यक्तिहरुभन्दा बाहेक अन्य कुनै पनि व्यक्तिले मोबाइल फोनको प्रयोग गर्न पाउनेरपाइने छैन । पार्टीको विधान, घोषित नीति, सिद्धान्त, कार्यक्रमविपरीत प्रचार–प्रसार गर्नुरगराउनु पनि निषेध गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...