बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । आज (सोमबार) अपराह्न मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।
बैठकअघि अहिले प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीहरुसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले पुष्टि गरेको छ।
प्रतिकृया दिनुहोस