यी हुन् फूलपाती भित्र्याउँदा चाहिने नौ सामग्री

Fulpati.dasai

काठमाडौं । आज बडादशैँ अन्तर्गत फूलपाती । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा फूलपाती भित्र्याइँदै छ ।

विभिन्न वनस्पति र फूललाई फूलपातीका रुपमा घर घरमा वाजागाजासहित प्रवेश गराउने प्रचलन रहेको छ । तर, यस वर्षको फूलपातीमा त्यस्तो हुने छैन । प्रतिकात्मकरूपमा फूलपाती भित्र्याइँदै छ ।

कोरोनाको महामारी नै भए पनि दशैँ घर तथा पूजा कोठामा फूलपातीकारूपमा विभिन्न नौ सामग्री भित्र्याइदैछ । शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, गौतमले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...