नेकपा एसको स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

240224918 102643785474497 8707403536244255868 n

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले न्युज कारखानालाई जानकारी दिए ।

बैठकले पार्टीका केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ । स्थायी कमिटीलाई पूर्णता दिने विषयमा  पनि छलफल हुने नेता न्यौपानेले बताए । 

एसले पाँच सदस्यीय स्थायी कमिटी गठन गरिसकेको छ । यसबाहेक बैठकमा वर्तमान सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । एसले चार मन्त्रालयको भाग पाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...