बालुवाटारमा सर्वदलीय बैठक जारी, एमाले र राप्रपाद्धारा बहिष्कार

Sarbadaliya baithak

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साँढे १० बजे सुरु भएको सो सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाले भने बहिष्कार गरेका छन् ।

एमालेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थियो । प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठकमा राप्रपाका कुनै पनि नेता बैठक सहभागी भएका छैनन् ।

बैठकमा प्रधानमन्त्री तथा सभापति देउवा र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ उपस्थित छन् । यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल सहभागी छन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थिति रहेको छ । यस्तै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी छन् ।

संसदमा एमालेद्वारा जारी अवरोध अन्त्यका लागि बोलाइएको बैठक एमाले बहिस्कार गर्दै आएको छ । प्रधानमन्त्री देउवाले बोलाएको बैठकले पनि संसदको गतिरोधको समाधान खोज्न गाह्रो छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...