एमाले विधान अधिवेसनको भव्य तयारी, ओलीद्धारा निरिक्षण
काठमाडौं । नेकपा (एमाले) को विधान महाधिवेशन १५–१७ असोजमा ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदै छ ।
महाधिवेशनमा करिब पाँच हजार सहभागी हुनेछन् । उनीहरूलाई सम्मेलन केन्द्रभित्र र बाहिर राख्ने व्यवस्था मिलाइएको छ । सम्मेलन केन्द्रको हलमा दुई हजार आठ सय ४० जनामात्रै अट्नेछन् र बाँकीलाई बाहिर बस्ने व्यवस्था मिलाइएको छ ।
महाधिवेसन नजिकिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान महाधिवेशनस्थलको अवलोकन गरेका छन् । ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज अन्तर्राष्ट्रिय सम्मेलनमा पुगेर ओलीले अवलोकन गरेका हुन् ।
ओलीसँग महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य खिमलाल देवकोटालगायतका नेताहरू पनि थिए । एमालेको पहिलो विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म हुँदैछ ।
हल बाहिर स्क्रिन राखेर दुई साइडमा एक एक हजार राख्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनमा करिब तीन सय स्वयंसेवक खटिनेछन् ।
प्रतिकृया दिनुहोस