ओली भन्छन्, अहिलेको संसद राम्रोसँग नचलेका कारण ताजा जनादेशमा जानुपर्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संसद राम्रोसँग नचलेको भन्दै ताजा जनादेशमा जानुपर्ने बताएका छन् । ‘संसद चलिरहेको छैन, चुनाव आवश्यक छ । ताजा जनादेशमा जानुपर्छ’ उनले भने ।
अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि पनि प्रश्न उठाए । सापकोटा हालको सत्तारुढ गठबन्धनको पक्षमा देखिएको पनि उनले बताए ।
पूर्वप्रधानमन्त्री ओलीले सरकारले कालो धनलाई सेतो बनाउनका लागि यो व्यवस्था गरेको भन्दै आफ्नो पार्टीले कालो धनलाई सेतो बनाउन नदिने बताए । ‘कालो धनलाई ल्याउन नदिने पक्षमा छैनौं, कालो धनलाई सेतो बनाउन पाइँदैन । जस्तोसुकै भए पनि लगानी गर्न पाउने भन्नु डरलाग्दो कुरा हो’उनले भने, ‘यसले नेपालमा बिपत्ति ल्याउँछ ।’
ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाए । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा प्रमुख विपक्षी दलका नेता ओलीले सरकारको यो निर्णयले नेपालमा विपत्ति ल्याउने बताए ।
ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारले बिर्सेको हो ? भनेर सोधेका छन् । सम्झौता गर्दाताका सरकारको नेतृत्व गरेका दलहरू नै अहिले सरकारमा रहेका बेला एमसीसी सम्झाउन अमेरिका अगाडि आउनुपरेको बताए
‘सरकारको स्मरण शक्ति कम भएको हो कि के हो ? उहाँहरूले नै सम्झौता गर्नुभएको हो । त्यतिखेरकै सम्झौता गर्नेहरू कोही प्रधानमन्त्री, कोही ‘किङमेकरु हुनुहुन्छ । साझा न्यूनतम कार्यक्रममा पनि आएन, एमसीसी सम्झाउन फातिमा सुमार नै आउनुपर्ने हो कि ?‘ ओलीले थपे, ‘यो सरकारको दृष्टिकोण के हो ? १६५ सिट भएको । पारित गर्ने हो कि होइन हामीलाई केही सेयर गर्नुभएको छैन । हामीले किन आफ्नो धारणा दिने ?‘
ओलीले सञ्चारमाध्यमको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गरे । कार्यक्रममा ओलीले सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागेको आरोप लगाए ।
मिडियाले आलोचना नगर्दा सरकारले गल्ती गरिरहेको आरोप लगाउँदै ओलीले देउवा सरकार प्रति नेपालका संचारमाध्यम नतमस्तक भएको हुदाँ कतै लोकतन्त्रनै धरापमा पर्ने होकी भन्ने चिन्ता समेत ब्यक्त गरे ।
अहिलेको सरकारलाई खबरदारी पुगेको छैन। कानुन र नियम मिचेको छ। तर, किन चप लागेर बस्नु भएको छ ?’ ओलीले प्रश्न गरे । संविधान च्यातियो र मिचियो भनेर अगाडि हल्ला चलाइयो भन्दै ओलीले अग्रगामी सरकार बनाउनको लागि असंवैधानिक कदम चालेको कुरा मिडियाले नदेखेको बताए ।
प्रतिकृया दिनुहोस