मन्त्रिपरिषद् बैठक बस्दै, राजनीतिक दलसम्बन्धी अध्यादेश

Cabinet 162

काठमाडौँ । आज (सोमबार) मन्त्रिपरिषदको बैठक बस्दै छ। प्रधानमन्त्रीको कार्यालय (बालुवाटार) स्रोतका अनुसार बैठक अपराह्न ४ बजे बस्नेछ।

आज बैठकबाट  ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ फिर्ता गर्ने तयारी भइरहेको स्रोतको दाबी छ। अध्यादेश फिर्ता नलिँदा मन्त्रिपरिषद् विस्तारमै समस्या परेकाले फिर्ता लिएर मार्गप्रशस्त गर्ने तयारी गरिएको हो। 

सत्ता गठबन्धनमा रहेका पाँच दलमध्ये जनता समाजवादी पार्टी (जसपा) ले दल विभाजनसम्बन्धभी अध्यादेश सक्रिय राखेरै सरकारमा जाँदा आफ्नो पार्टी फुट्न सक्ने आशंका गर्दै फिर्ता हुनुपर्ने सर्त राखेको छ। 

त्यही अध्यादेशका कारण एमालेबाट अलग भई बनेको नेकपा (एकीकृत समाजवादी) ले पनि आफूविरुद्ध एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालेको मुद्दाको छिनोफानो नभई आफ्ना तर्फबाट सरकारमा मन्त्री नपाउने भनिरहेको छ। 

स्रोतका अनुसार सत्तागठबन्धनका दलहरूबीच अध्यादेश फिर्ता लिन सहमति जुटिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...