मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठक बस्दै

Bipakshi gathabandhan

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक बस्दैछ ।बुधबार साँझ बैठक बस्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । यद्यपि बैठक बस्ने स्थानको विषयमा टुंगो लागेको छ ।

मंगलबार पनि गठबन्धन दलको बैठक बसेको थियो । बैठकमा माओवादीबाट मात्रै भए पनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डसँग प्रस्ताव गरेका थिए ।

मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ भने कांग्रेसको पदाधिकारी बैठक पनि सिंहदरबारमा केहीबेरमा बस्दैछ ।

यता गठबन्धन घटक नेकपा एकीकृतको केन्द्रीय समिति बैठक पनि जारी छ । कांग्रेसको पदाधिकारी, माओवादी केन्द्रको स्थायी समिति र एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकेर गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...