नेकपा एकीकृत समाजवादीको बैठक असोज ५ गते बस्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आउँदो असोज ५ गते बस्ने भएको छ ।
नेकपा एमालेबाट गठन भएपछि पहिलो पटक पार्टीको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठक हिजैका लागि तय गरे पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो ।
प्रतिकृया दिनुहोस