लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउन २२ घण्टाको समय, को बन्ला मुख्यमन्त्री ?

Lumbini pradesh 22 hour

काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गरेपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गरेपछि संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् । यससँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल थाल्नेछन् । ४२ सांसद रहेका चार दलीय गठबन्धनले भोलि नै कुलबहादुर केसी मुख्यमन्त्री बनाउने बताइएको छ ।

संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् । यससँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल थाल्नेछन् ।


माओवादी सांसद सुदर्शन बरालले भने, ‘चार दलीय गठबन्धनसँग ४२ सांसद छन्, भोलि नै कुलबहादुर केसी मुख्यमन्त्री बन्नुहुनेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...