आज पनि एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल समुहसँगको सम्बन्ध ‘वारपार’ गर्न दवाव

Uml meeting 1 saun

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज अपराह्न ३ बजे तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि माधव नेपाल पक्षलाई पनि सहमतिमा ल्याउने प्रयासस्वरूप शनिबार स्थगित बैठक गरिएको थियो । आज बैठक बस्नुअघि नेपाल पक्षलाई पनि सहमतिमा ल्याउन दोस्रो तहका नेताहरु लागि परेका छन् ।

सहमतिको प्रयासमा शनिबार बैठक स्थगित गरेर नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका विघटित कार्यदलका सदस्यलाई समेत नेपालले १० बुँदे नजान्ने र ओलीलाई अध्यक्ष पनि नमान्ने अडान सुनाएको नेताहरुले बताए छन् ।

यता ओलीले आजको बैठकअघि सहमतिमा नआए ‘वारपार’ गरेर अघि बढ्ने निकट नेताहरुलाई बताइसकेकाले आजको बैठक निर्णायक हुन सक्ने अनुमान गरिएको छ ।

आज पनि एमालेको विघटित कार्यदलमा रहेका सदस्यहरु भीम रावल, विष्णु पौडेल, सुवास नेम्वाङ, गोकर्ण विष्ट लगायतका नेताहरु ओली र नेपाललाई वार्ता गराउने प्रयासमा जुटेका छन् ।

ओली र नेपालपछिका दोस्रो, तेस्रो तहका कतिपय नेताहरुसमेत अब एमाले एकताको अध्याय पुरा भएकाले ‘वारपार’ नै गरेर अघि बढ्नु पर्ने बताउन थालेका छन् ।

तर, शनिबार नै पार्टीको काठमाडौं जिल्ला कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा ठाउँ नरहेको दोहोर्‍याए भने नेता नेपालले अखिल फोर्सको मार्चपासपछिको सभालाई सम्बोधन गर्दै ओलीलाई फेरि प्रधानमन्त्री बन्ने जालझेल नगर्न चेतावनी दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...