देउवाको अडान, ‘महाधिवेशन भदौको १६ देखि नै हुन्छ, हुन्छ, हुन्छ’

Sher bahadur deuba

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनको मिति हेरफेर गर्न नमिल्ने बताएका छन् । ‘तल्ला तहको अधिवेशन हेरफेर गर्नुस् । तलमाथि पार्नुस् । जे गर्नुस् । मिलाउनुस् । तर, भदौको १६ लाई १७ मात्रै पनि बनाउन मिल्दैन । त्यो मितिमा केन्द्रीय महाधिवेशन गर्नैपर्छ,’ बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा देउवाले भने, ‘महाधिवेशन भदौको १६ देखि नै हुन्छ, हुन्छ, हुन्छ ।’

कांग्रेसले भदौको १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी १२ साउनदेखि तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । तर, क्रियाशील सदस्यताको टुंगो नलाग्दा वडा तहको अधिवेशन हुन सकेन । अहिलेसम्म कार्यतालिका मात्रै प्रभावित भएको छैन, क्रियाशील सदस्यताको टुंगो कहिले लाग्ने हो ? अझै ठेगान छैन ।

तर, सभापति देउवाले बुधबारको बैठकमा पनि केन्द्रीय महाधिवेशन सार्न नमिल्ने र नसार्ने अडान लिएका छन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताएका थिए ।

‘दुवै नेताको एउटै कुरा छ, तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्छ भनिरहनुभएको छ । तर, क्रियाशील सदस्यतामा देखिएको विवादमा दुवै पक्ष लचिलो छैन । कार्यतालिका प्रभावित भइसकेको छ, यस्तो वेला महाधिवेशन तोकिएकै मितिमा हुन्छ भनेर कसरी पत्याउने ?’ बैठकपछि एक नेताले भने । यो समाचार नयाँ पत्रिकामा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...