देउवा नेतृत्वको सरकार सफल बनाउनेगरी काम गर्ने पौडेल पक्षको निष्कर्ष

Ram chandra poudel

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सफल बनाउनेगरी काम गर्ने निष्कर्ष निकालेको छ ।

महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकले समसामयिक राजनीतिक घटना क्रमको विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

पौडेल पक्षको बैठकले सरकारको सेकेन्ड पोजिसन पनि काँग्रेसकै हुनुपर्ने निष्कर्ष निकालेको छ । छलफलमा क्रियाशील सदस्यताका सन्दर्भमा देखिएको विवादबारे छलफल भएको थियो ।

छलफलपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधान, संवैधानिक संस्था र लोकतन्त्रमाथि नै एकपछि अर्को प्रहारको स्थितिमा जोगाउनुपर्ने जिम्मा घुमीफिरी काँग्रेसको काँधमा आएकाले जसरी पनि सफल बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

संस्थापन इत्तर पक्ष निकट क्रियाशील छानविन समितिका सदस्यले क्रियाशील सदस्यताबारे देखिएको विवादको बिफ्रिङ गरेका थिए । छानविन समितिका सदस्य प्रदीप पौडेलले क्रियाशील सदस्यतामाथिको छानविन अन्तिम चरणमा पुगेको बताउए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...