देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने

Uml miting

काठमाडौं । नेकपा (एमाले) ले पार्टीको निर्णयविपरीत प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसद्हरुलाई स्पष्टीकरण सोध्ने भएको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा जारी पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीकै प्रस्तावमा देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ सांसद्लाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने ओली पक्षका ८ जना सांसदमध्ये कृष्णकुमार श्रेष्ठ (किसन), प्रेमबहादुर आले, बिना बुढाथोकी, हिराचन्द्र केसी, पार्वती विसुंखे, कलिला खातुन, धनबहादुर बुढा र समिमा हुसेन छन् ।

त्यसैगरी माधव कुमार नेपालसहित विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, गोपाल बम, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कृष्णलाल महर्जनले पनि देउवालाई विश्वासको मत दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...