हतारमा प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने, यस्तो छ अंक गणित

Sherbahadur deuba

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । त्यसका लागि प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता भएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । सोही बैठकमा विश्वासको मत दिनेगरी संसद सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ ।

संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

एक महिनाभित्र विश्वासको मत लिने सुविधा रहेकाले प्रधानमन्त्रीले यसबारे हतारो नगर्ने अनुमान भइरहेकै बेला सत्ता पक्षले आजै विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा पेस गरेको छ ।

प्रतिनिधिसभा नेपाली काँग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् । जसपाका ३४ मध्ये उपेन्द्र यादवको पक्षमा १७ सांसद उभिएका छन् । राष्ट्रिय जनमोर्चाकी एक सांसद पनि प्रधानमन्त्री देउवाको गठबन्धनमा छिन् । यी सबै जोड्दा देउवाको पक्षमा १२८ मत पुग्छ ।

प्रतिनिधिसभामा हाल कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन प्रधानमन्त्री देउवाले १३६ मत ल्याउनुपर्ने हुन्छ । यो हिसाबले उनलाई थप ८ मतका लागि या त माधव नेपाल समूहले मत हाल्नुपर्ने हुन्छ, या महन्थ ठाकुर पक्षले मत दिनुपर्ने हुन्छ ।

माधव नेपाल पक्षका नेताहरूले भने देउवालाई विश्वासको मत दिने बताउँदै आएका छन् । यसअघि नै माधव नेपाल समूह देउवाको गठबन्धनमा सहभागी हुँदै आएको छ । सर्वोच्च अदालतमा परेको रिटमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

सर्वोच्चमा बुझाइएको रिटमा बहुमत अर्थात् १४६ सांसदको हस्ताक्षर जुटेको हुनाले त्यो मत सदनमा पनि देउवाले पाउने सत्ता पक्षको दाबी छ । एमालेका कुल १२१ सांसदमध्ये २३ जना माधव नेपालको पक्षमा रहेकाले ओलीको पक्षमा ९८ सांसद मात्र छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...