सर्वोच्चको फैसलाले देशलाई गलत दिशामा लगेको एमाले स्थायी कमिटी बैठकको निष्कर्ष

Uml meeting standing

काठमाडौँ । नेकपा एमालेले सर्वोच्च अदालतलको असार २८ गतेको फैसलालले देशलाई गलत दिशातिर लैजाने ठहर गरेको छ। शुक्रबार ललितपुको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठकपछि बोल्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतले दिएको फैसला बहुलबादमा आधारित नभएको निचोड बैठकले निकालेको जानकारी दिए ।

‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आधारित सर्वोच्च अदालतको असार २८ को फैसला नेपालको बहुलबादमा आधारित छैन’, ज्ञवालीले भने, ‘सार्वभौम सत्ता जनतामा रहेको कुरालाई यो फैसलाले अतिक्रमण गरेको छ। ताजा जनादेशमा जाने निर्णयलाई निरंकुश मानिनु बेठीक हो।’

एमालेले राज्यका सबै अंगबीच समन्वयको खाँचो रहेको बताए। ‘राज्यका सबै अंगबीच समन्वय हुन सकेमा मात्रै लोकतान्त्रिक प्रणाली अगाडि बढ्छ’ उनले भने,‘सर्वोच्च अदालतको यो फैसलाले नेपालको लोकतान्त्रिक प्रणाली खल्बलिएको छ।’ उनले अब एमाले एमाले देश र जनताप्रति जिम्मेवार भएर अघि बढ्ने बताए। ‘

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...