कांग्रेस पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने  

Congress padadhikari baithak

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बैठक डाकेका हुन्। बैठकमा सरकारमा सहभागी हुने मन्त्री तथा आसन्न महाधिवेशनबारे छलफल हुने नेताहरुले बताएका छन्।

यसअघि बिहीबार बस्ने भनिएको बैठक देउवा व्यस्त भएपछि आजलाई सारिएको थियो। बैठकको समय तय भए पनि स्थान तय भएको थिएन । देउवा आज मात्रै बालुवाटार सरेपछि पार्टीको पदाधिकारी बैठक पनि उतै बोलाइएको हो।

यसअघि पार्टीका गतिविधि प्रधानमन्त्रीको सरकारी निवासमा सञ्चालन गरेको भन्दै निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको आलोचना हुने गरेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...