नेपाल प्रहरीमा ३६० जनाका लागि जागिर खुल्यो, कुन कुन ठाउँबाट आवदेन दिन पाइन्छ ? (सुचनासहित)
काठमाडौँ । नेपाल प्रहरीले ३ सय ६० जना कार्यालय सहयोगीको लागि विज्ञापन खुला गरेको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत भर्ना एवम् प्रशासन विभागले शुक्रवार विज्ञापन निकाल्दै कर्मचारी माग गरेको हो ।
खुला र समावेशी गरी माली बगैंचे, भान्छे, हजाम, सिलाइ बुनाइ, कुचिकार र खेलाडीमा दरखास्त आह्वान भएको हो । ९ जना माली, बगैंचे, २ सय ६१ जना, भान्छे, १० जना हजाम, १५ जना सिलाइ, बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि दरखास्ता आव्हान गरेको हो ।
खेलाडी सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिलारपुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउँछन् । मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय छ ।
खेलाडीतर्फ दरखास्त दिनेले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त बुझाउन पाउँछन् भने अरूका लागि ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिन्छ । दरखास्तका लागि एक सय रूपैयाँ राजश्व बुझाउनुपर्नेछ । साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउँछन् ।
विभागले कार्यालय सहयोगीका रुपमा भान्छे, माली, हजाम, सिलाइबुनाई, कुचीकार र खेलाडीको लागि विज्ञापन आह्वान गरेको हो । सबैभन्दा धेरै भान्छेमा २ सय ६१ जना माग गरिएको छ ।
फारम ७७ वटै जिल्लाका प्रहरी कार्यालयमा बुझाउन सकिनेछ । प्रदेशका विभिन्न तालिम केन्द्रहरुमा समेत बुझाउन सकिने प्रहरीले जानकारी दिएको छ । १८ वर्ष उमेर पुरा भई २५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
प्रतिकृया दिनुहोस