संसदमा भारतीय चेलीहरुको दादागिरी चल्न थाल्यो : सांसद चौधरी

Ganga chaudhary

काठमाडौं । सांसद गंगा चौधरीले संसदमा भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी छन्।

आजको संसद बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सांसद सरिता गिरीलाई इंगित गर्दै यस्तो बताएकी हुन्।

‘अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न मिल्दैन,’ उनले भारतले नेपाली भूमि अतिक्रमण गरेको बताउँदै भनिन्, ‘नेपालमाथि भारतको दादागिरी, न मिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन। भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो। भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे।’

केही दिनअघि सांसद सरिता गिरीले नेपालले नयाँ नक्सा सार्वजनिक गर्नुअघि भारतसँग सल्लाह गर्नुपर्छ भन्‍ने बत्तव्य संसदमै दिएकी थिइन्।

सांसद चौधरीले आफ्नो जमिन आफ्नो भन्‍न भूमि मिचाहा किन सोध्नुपर्यो भन्दै प्रश्‍न गरिन्। ‘आफ्नो जमिन मेरो हो भन्‍न पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना?,’ उनले भनिन्, ‘जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याँक्छन रअ का एजेन्टहरु १५ दिनसम्म घाइते हुन्छन्।

अति त्यो सपनाको योजनाविरुद्धमा बुरुक्क बुरुक्क उफ्रन थाल्छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...