हेटौडामा बन्यो हातले नछोई पानी आउने धारा

Hetauda news

हेटौंडा । अहिले विश्व जगत कोरोनाको संक्रमणका कारण त्रसित छ । कोरोनाकै कारण जुनसुकै बस्तु सितिमिति सकैले छुन सक्दैनन् । छोइहाले पनि कोरोना लाग्छ की भनेर डर मान्नुपर्ने अवस्था छ । यही समस्यालाई मध्यजनर गर्दै हेटौडाका चार स्थानमा कन्ट्याक्ट लेस अर्थात हातले छोइरहनु नपर्ने हात धुने स्टेशन स्थापना गरिएको छ ।

यसको स्थापनापछि न हातले धाराको टुटी घुमाईरहनु पर्छ, पानी आएपछि बन्द गर्न धाराको टुटी बन्द नै गर्नुपर्छ । यो धारा नछोइकनै साबुन पानीले मज्जाले हात धुन मिल्छ । कन्ट्याक्ट लेस अर्थात हातले छोइरहनु नपर्ने हात धुने स्टेशन वागमति प्रदेशको मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाको अति ब्यस्त स्थान मानिएको बुद्ध चोक, बसपार्क, हेटौंडा अस्पताल र मानस चोकमा छुट्टाछुट्टै कार्यक्रम गरी प्रारम्भ गरिएको छ ।

कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने भएकाले हातले नछोईकन हात धुन मिल्ने प्रविधि ल्याईएको हो । कोरोना भाइरसको त्रास बढेको समयमा हेटौंडा बजार क्षेत्र ओहोर दोहोर गर्ने आम नागरिकका लागि हात धुन सजिलो होस भन्ने उदेस्यले ट्याङकी राखिएको हो ।

हेटौंडाका सम्पूर्ण लायन्स तथा लियो क्लबहरुको संयोजन तथा गोदावरी स्टिल्स प्रालि, लायन्स क्लब अफ मकवानपुर हेटौंडाका अध्यक्ष लायन सरोज पोख्रेल र पूर्वअध्यक्ष लायन रविन्द्र घिमिरेको सौजन्यमा स्थापना भएका ती स्टेसनको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, प्रमुख जिल्ला अधिकारी दिपक नेपाल, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल र जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टिकाबहादुर कार्कीले उद्घाटन गरे ।

मकवानपुरका सम्पूर्ण लायन्स तथा लियोहरु सामाजिक दुरी कायम गरि उपस्थित भएका उक्त कार्यक्रममा लायन्स जिल्ला परिषद ३२५ बि २ का भिडिजी शम्भु नकर्मीले लायन्स क्लबको उद्देश्य र सामाजिक र बिपदको बेला लायन्स क्लबले खेलेको भुमिका उच्च रहेको बताए ।

सो धाराको उद्घाटन कार्याक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उपमहानगरपालिकाका जनप्रतिनिधि, उद्योगी, ब्यवसायी, सामाजिक अभियानता, टोल बिकास संस्थाका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मीलगायतको उपस्थित थियो ।

हाल हेटौडाका चार स्थानमा नछोई पानी आउने धाराको निर्माण गरिएको भए पनि चाँडै थप चार वटा धारा निर्माण गरिन लागिएको लायन्स क्लब अफ मकवानपुर हेटौंडाका अध्यक्ष लयन सरोज पोख्रेलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

Arest

धनगढी। कैलालीको अत्तरियाबाट १ ग्राम ६६० मिलिग्राम लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन्। गोदा...