वर्तमान सरकारलाई असफल हुने छुट छैन : शेखर कोइराला
वर्तमान सरकारलाई असफल हुने छुट छैन : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्व सहमतिअनुसार सरकार चल्न नसकेको बताए । कोइरालाले कांग्रेसं, एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोहीअनुसार जनपक्षी काम गर्नुपर्ने बताए ।
यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो । संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्नेमा जोड दिए।
प्रतिकृया दिनुहोस