बोक्सी भन्दै महिलामाथि निर्घात कुटपिट गर्ने चार जना पक्राउ

बोक्सी भन्दै महिलामाथि निर्घात कुटपिट गर्ने चार जना पक्राउ

542313

कैलाली । कैलालीमा बोक्सी भन्दै महिलामाथि निर्घात कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । निर्घात कुटपिट गर्नेमा भजनी नगरपालिका–१ का २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लाहानु चौधरी र ३५ वर्षीय रुपा चौधरीलाई रहेका छन्।

इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक युवन चौधरीले भजनी नगरपालिका–१ की २८ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै चार जनाले निर्घात कुटपिट गरेको आरोप छ । ‘किटानी जाहेरी परेपछि चारै जनालाई पक्राउ गरिएको छ । उनलाई पिठ्युँ र तिघ्रामा लाठीले हिर्काइएको थियो ।

दुईपटक निर्घात कुटपिट भएपछि बेहोस भएकी पीडित महिलालाई सुरुमा उपचारका लागि भजनी प्राथमिक स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो । त्यहाँबाट रेफर भएपछि उनलाई धनगढीस्थित नवजीवन अस्पतालमा लगिएको थियो । नवजीवन अस्पतालमा उनलाई ६ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो भने मंगलबार मात्रै वार्डमा सारिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...