लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने
लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेविरुद्ध मुद्दा दायर गर्न लागेको हो । रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा अभियोग दर्ता गर्ने सरकारी वकिलको तयारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालयले गत १ पुसमा उनीमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने उल्लेख छ ।
सहकारी ठगीमा लामिछानेमाथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै अदालतले १ पुसमा चार दिनको म्याद थप गरेको थियो । चार दिनको म्याद ५ पुसमा सकिए पनि ६ पुसमा शनिबार परेकाले आज अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो ।
कानुनबमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्नेछ । सोही कारण आजै मुद्दा दर्ता गर्न लागिएको हो ।
प्रतिकृया दिनुहोस