दाङमा बस र मोटरसाइकल आपसमा ठक्कर खादा एकजनाको मृत्यु

दाङमा बस र मोटरसाइकल आपसमा ठक्कर खादा एकजनाको मृत्यु

Road accident

दाङ । दाङमा बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका– १० निवासी मोटरसाइकलचालक ४४ वर्षीय दिलीप केसीको रहेका छन्।  घटना शुक्रबार दिउँसो घटेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाका अनुसार दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो।

दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन् भने बस पनि अनियन्त्रित भई पल्टिएको छ। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा।१ख ८१६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको रा ५प ६६५४ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका– १० गुर्जे खोलानजिक ठोक्किएका थिए।

बसचालक घोराही–१८ फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व, निर्मला शर्माको नेतृत्वमा बन्यो यस्तो टीम

Fnj election winner

काठमाडौं । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपटक महिलाले नेतृत्व गर्ने अवसर जुरेको छ । अध्यक्ष...